दमौली । महिला नेतृत्व विकास कार्यक्रम अन्र्तगत समुदायमा गाउँ महिला समुह हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । महिला नेतृत्व विकास कार्यक्रम अन्र्तगत गठित तथा परिचालित गाउँ महिला समुह समुदायमा हस्तान्तरण कार्यक्रम सम्पन्न गरीएको महिला शक्ति विकास केन्द्र नेपालकी सचिव चिजा गुरुङले जानकारी दिइन् । बुधवार व्यास ३ स्थित देउरालीनगरमा एक कार्यक्रम आयोजना गरि ५ वटा वडामा रहेका सम्पूर्ण गाउँ महिला समुहहरुलाई सोहि वडाहरुलाई हस्तान्तरण गरीएको उनले जानकारी दिईन । कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यापानेले संस्थाले महिलाहरुलाई राजनीतिक,आर्थिक लगायत क्षेत्रमा उकास्ने गरेको बताए । उनले भने,“ नगरपालिकाले हस्तान्तरण लिईसकेपछि महिलाहरुले गरेको लगानी नोक्सान नहोस् भन्ने उद्देश्यले हामीले निगरानी गर्नेछौं । अझ यस्ता कार्यक्रमलाई निरन्तरता दिने छौं । ”२०७० सालमा गठित गाउँ महिला समुह समुदायका महिलाहरु एक आपसमा संगठित एक समुह रहेको संस्थाकी सचिव गुरुङले बताईन् । गाउँ महिला समुहले हाल आर्थिक सशक्तिकरण कार्यक्रमका लागि सदस्यहरुको समेत स्वलगानी र संस्थाले उपलब्ध गराएको अनुदान रकम कोष परिचालन गरी महिलाहरुलाई आयआर्जन तथा व्यवसाय संचालनमा परिचालन गरेको थियो । उक्त कोष मार्फत एकल महिला, पिछाडीका महिला लगायत आर्थीक रुपले विपन्न महिलाले च्याउ,धुप,झिलिङगा उत्पादन गरि आयआर्जन गरेका थिए । उक्त कार्यक्रममा व्यास ३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ, व्यास ४ काद वडा अध्यक्ष विश्वराज न्यौपाने, आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् तनहँुकी अध्यक्ष एवंम् व्यास ४ की वडा सदस्य वसुन्धरा घर्ती लगायतको उपस्थिती रहेको थियो ।
