पाेखरा– चिल्ड्रेन नेपालको आयोजनामा युवाहरुको निम्ति जिबन उपयोगी सीप तथा नेतृत्व विकास तालिम आज सम्पन्न भएको छ । तालिमको समापनको क्रममा संस्थाका निमित्त कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले जीवन उपयोगी सीप, यसको महत्व,नेतृत्वको गुण ,शैली र भुमिका,नेतृत्व विकास र उत्प्रेरणा र उत्प्रेरणाका तत्वहरुले युवाहरुलाइ जिवनमा महत्त्वपूर्ण सिकाइ हुने कुरा बताउनु भएको थियो ।आजको कार्यक्रमको सिकाइबाट सहभागी युबाहरुले आ आफ्नो जिवनमा व्यबहारत कार्यनयन गर्दै अगाडि बढन शुभकामना दिनु भएको थियो।
तालिमको समापनको अबसरमा सहभागी मध्ये बाट बिष्णु माया बिक र रन्जित नेपालीले तालीम अत्यन्तै प्रभावकारी भएको र कार्यनयन गर्दै अगाडि बढ्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा संस्थाको सहयोगमा ११,र १२ कक्षामा विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत २८ जना युवाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी भएका युवालाई संस्थाका बरिस्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईं , बालबालिका युवा तथा परिबार कल्याण शाखा प्रमुख शारदा शर्मा र सह सयोजक रमेश सुबेदीले सहजीकरण गरेका थिए।