बलराम बानियाँको स्मृति कोषलाई तीन दिदीबहिनीको सहयोग

Byखवरबाटिका

२४ पुष २०७८, शनिबार १५:२३ २४ पुष २०७८, शनिबार १५:२३ २४ पुष २०७८, शनिबार १५:२३


तनहुँ, २४ पुस । पत्रकार बलराम बानियाँ स्मृति पत्रकारिता अक्षयकोषको लागि तीनदिदी बहिनीले सहयोग गरेका छन् ।प्रेस युनियन तनहुँले स्थापना गरेको कोषको लागि काठमाडौंको मनमैजु निवासी रन्जु केसीले १० हजार र रन्जुकै दिदि चितवन निवासी बेन्जु केसी, बैनी काठमाडौं बानियाँटार निवासी अन्जु केसी दुबैले ५÷ ५ हजार गरी जम्मा २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
तीन दिदी बहिनीको तर्फबाट रेन्सु केसीले युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीलाई काठमाडौंमा २० हजार रुपैयाँ हस्तान्तरण गरेकी हुन् । रकम हस्तान्तरण गर्दै रन्जुले बानियाँले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको स्मरण जीवन्त राख्दै उत्कृष्ट पत्रकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने सोचलाई मद्धत पु¥याउन रकम सहयोग गरेको बताईन् । सहयोग प्रति युनियनका अध्यक्ष नहर्कीले आभार व्यक्त गरे । तीन दिदीबहिनीको स्व.पत्रकार बानियाँ नातामा भिनाजु पर्छन् । युनियनले पत्रकार बानियाँका परिवारजन, आफन्तजनका साथसाथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरुबाट रकम संकलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने कार्य गरिरहेको अध्यक्ष नहर्कीले
बताए ।
अक्षयकोषलाई प्राप्त रकमको व्याजबाट वर्षेनी पत्रकारिताको माध्यमबाट समाजमा योगदान पु¥याउने उत्कृष्ट मध्ये एक जना पत्रकारलाई पुरस्कृत गर्दै जाने युनियनले जनाएको छ । कान्तिपुर दैनिकका सहायक सम्पादक बानियाँ २०७७ साल साउन २७ मा मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावरमा मृत फेला परेका थिए । भानु नगरपालिका–१३ मिर्लुङमा २०२७ सालमा जन्मिएका बानियाँ दुई दशकभन्दा पहिलादेखि पत्रकारितामा सक्रिय थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *