दमौली – टिम नेपो तनहुँ काे दोस्रो साधारण सभामा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन टिम नेपो गण्डकी प्रदेशका संयोजक प्रवेश पण्डितले गरे । कार्यक्रममा बोल्दै उनले सस्थाले विगतका दिनहरूमा राम्रा राम्रा कार्यक्रमहरू गर्दै आएकाे र आगामीदिनहरूमा स्थानिय क्लवहरू र स्थानिय सरकार संग समन्वय गरि कार्यक्रम गर्न सल्लाह सुझाब दिए । सस्थाका अध्यक्ष मीन बहादुर कुवरले वर्ष भरिका कार्यक्रमहरूकाे बारेमा बताउदै आगामी दिनमा गर्ने कार्यक्रमहरूकाे बारेमा जानकारी दिए। कुवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निर्वतमान अध्यक्ष गोबिन्द तिमिल्सेना, कार्यक्रमका संयोजक एवम सस्थाको इभेन्ट काेडिनेटर माेनिका विक,सचिब रबि अधिकारी लगायतले बोलेका थिए ।
