प्रेस चाैतारी क्रियाशिल पत्रकारिता पुरस्कार भट्टराई र बास्ताेलालाई

Byखवरबाटिका

२८ पुष २०७८, बुधबार १०:५९ २८ पुष २०७८, बुधबार १०:५९ २८ पुष २०७८, बुधबार १०:५९

दमाैली- प्रेस चाैतारी नेपाल तनहुँले स्थापना गरेकाे प्रेस चाैतारी क्रियाशिल पत्रकारिता पुरस्कार २०७८ पत्रकार प्रकाशचन्द्र भट्टराई र बसन्ती बास्ताेलालाई प्रदान गरिएकाे छ । प्रेस चाैतारी नेपाल तनहुँकाे ९ आै जिल्ला अधिवेशनकाे अवसरमा बुधबार दमाैलीमा दुई जनालाई पुरस्कार प्रदान गरिएकाे हाे ।  पुरस्कृत व्यक्तित्वहरुलाई नेकपा एमाले स्थायि कमिटि सदस्य एवं पूर्व मन्त्री किरण गुरुङले सम्मान पत्र, नेकपा एमालेका निवर्तमान अधयक्ष एवं प्रतिनिधि सभा सदस्य केदार सिग्देलले खादा र नेकपा एमाले तनहुँका नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद श्रेष्ठले अबिर लगाएर सम्मान गरेका थिए । प्रेस चाैतारीका उपाध्यक्ष गणेश  पाण्डेद्धारा निर्देशित भाग्यले बाँचेकाहरु बृत्तचित्र प्रदर्शनीबाट स्थापना गरिएकाे अक्षयकाेषकाे पुरस्कार राशी १० हजार रुपैया रहेकाे छ ।  त्यसैगरी प्रेस चाैतारी तनहुँ शाखाले शाखाका पुर्व अध्यक्षहरुलाई समेत सम्मान गरेकाे छ । सम्मानित हुनेहरुमा तारानाथ उपाध्याय, शिवदत्त ढकाल, प्रेमप्रसाद पाैडेल र त्रिभुवन श्रेष्ठ रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *