December 8, 2022
बन्दीपुर– पृथ्वी राजमार्ग अन्तर्गत तनहुँकाे दमाैली डुम्रे सडक खण्डमा सोमबार राति ट्रक र माेटरसाईकल ठक्कर खाँदा माेटर साईकलमा सबार दुई जनाकाे ज्यान गएकाे छ ।
बन्दिपुर गाउपालिका १ बेलभञ्जयाङमा डुम्रेबाट पोखरा तर्फ जादै गरेको लु.१ख ९८३२ न.को ट्रक र बिपरित दिशाबाट जादै गरेको ग.१८प ९२२५ न.को मोटर साईकल राती करिब १० बजेकाे समयमा एक आपसमा ठाेक्किएकाे हाे । दुर्घटनामा माेटरसाईकल चालक तनहुँ ब्यास न.पा.५ का २२ बर्षीय अनिल बाचे मगर र २१बर्षिय बिकाश बि.क.को घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
मृतक दुबै जनाकाे शव परिक्षणका लागि दमाैली अस्पतालमा राखिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिए । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *