मुल्यबृद्धि बिरुद्ध राष्ट्रिय युवासंघकाे मसाल जुलुस

Byखवरबाटिका

२० माघ २०७८, बिहीबार १९:२० २० माघ २०७८, बिहीबार १९:२० २० माघ २०७८, बिहीबार १९:२०

दमाैली – नेकपा एमालेकाे भातृसंगठन राष्ट्रिय युवा संगठन तनहुँले  मुल्यबृद्धिकाे बिराेधमा बिहीबार साँझ दमाैलीमा मसाल जुलुस निकालेकाे छ । नेकपा एमालेकाे पार्टि कार्यालयबाट शुरु भएकाे मसाल जुलुस दमाैली बजारका विभिन्न मार्ग हुँदै मेनचाेकमा पुगेर काेण सभामा परिणत भएकाे थियाे । काेणसभालाई सम्बाेधन गर्दै राष्ट्रिय युवा संघ तनहुँका संयाेजक मदन तिमिल्सेनाले  गठबन्धनकाे सरकार बनेदेखि नै मुल्यबृद्धि गरेर जनतामाथी आक्रमण गरिदै आएकाे आराेप लगाए । ‘सरकारसंग आँखा छ तर देख्दैन, हात छ तर चल्दैन, खुट्टा छ तर हिड्दैन,’ उनले भने,  ‘ याे सरकार बनेपछि एक सातामा ३ पटकसम्म मुल्यबृद्धि गरेकाे छ।’ नयाँ निर्वाचनकाे लागि समय नजिकिदै आएपनि सरकारले चुनावी रणानीति अघि नबदाएकाे आराेप लगाए । काेणसभाकाे संचालन राष्ट्रिय युवा संघ तनहुँका सचिव वसन्त पाैडेलले गरेका थिए । मसाल जुलुस निकालेका युवा र सुरक्षाकर्मी बिच धरपकड समेत भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *