मुक्तक

Byखवरबाटिका

२६ माघ २०७८, बुधबार २१:५७ २६ माघ २०७८, बुधबार २१:५७ २६ माघ २०७८, बुधबार २१:५७

मरिसके पनि यो मन राखेको छु सिनो साँचेर ।
फेरि मिलन हुन्छ कि भन्ने आश झिनो साँचेर ।
न त पूरै बहुलाउन सके न त सद्धे हुन नै सकेँ,
राख्दै छु म अझै तिम्रो गलबन्दी चिनो साँचेर ।।
तिम्रो र मेरो भेट भएको पोखरा सहर सम्झन्छु
सङ्गै चिया खाएको माङ्को खाजा घर सम्झन्छु
भनूँ नभनूँ भनूँ नभनूँ अन्योलमा पर्दा पर्दै हेर
मनैमा लुकाएर राखेको अनगिन्ती रहर सम्झन्छु
अघि बढ्न लाग्दा आफ्नाले गरेको खिचाइ सम्झिएँ,
गरिब हो भन्दै छिमेकी ले गरेको मिचाइ सम्झिएँ,
आज तिम्रो आगन को दुवो मौलाएको देख्दा
धेरै अघि आँफैले गरेको आँसुको सिँचाइ सम्झिएँ।।
स्मृति अधिकारी
शुक्लागण्डकी, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *