करेण्ट लागि एककाे ज्यान गयाे

Byखवरबाटिका

९ फाल्गुन २०७८, सोमबार १८:३८ ९ फाल्गुन २०७८, सोमबार १८:३८ ९ फाल्गुन २०७८, सोमबार १८:३८

बन्दीपुर– ट्रकमा एक्साभेटर लाेड गर्ने क्रममा करेण्ट लाग्दा सोमबार तनहुँमा एक मजदुरकाे ज्यान गएकाे छ । तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नं. १ रिमाल्नि स्थित पृथ्विराजमार्ग सडक खण्डमा ग १ ख ८२०८ न.को ट्रकमा बा ३ क २६९४ नम्वरको एक्साभेटर लोड गर्ने क्रममा अचानक नाङगो तारमा छोईन जाँदा करेन्ट लागी तनहुँ ऋषिङ गाउँपालिका वडा न.५ सतङ्गु बस्ने २४ बर्षिय सोम बहादुर मगरकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

करेण्ट लागेर घाइते भएका मगरलाइ उपचारका लागि लक्ष्मी सिटी अस्पताल डुम्रे लगेकाेमा उनकाे उपचारकाे क्रममा ज्यान गएकाे  प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिए ।  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *