May 18, 2022

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ४ की वडासदस्य बसुन्धरा घर्तीले पदबाट राजीनामा दिएर स्थानिय तहको चुनावमा होमिइएकी छिन् ।

निर्वाचन आयोगले जनप्रतिनिधिहरुले राजीनामा दिएर मात्रै मनोनयन दर्ता गर्न पाउने निर्णय गरेको थियो ।

सोही अनुसार नेकपा एमालेको जिल्ला सदस्य समेत रहेकी घर्तीले वडा सदस्य पदबाट राजिनामा दिएर चुनावमा होमिइएकी हुन् ।

नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद् तनहुँकी अध्यक्ष समेत रहेकी घर्ती व्यास नगरपालिकाको उपप्रमुखको उम्मेदवार हुन ।

वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको उपमेयरमा नेकपा एमालेको तर्फबाट घर्ती बलियो उम्मेदवारको रुपमा रहेकी छिन् ।

विभिन्न संघ संस्था, सामाजिक क्षेत्रमा घर्तीको योगदान अतुलनिय रहेको छ ।

जनजातीको बहुल्यता रहेको व्यासमा जनजातीबाट घर्तीले प्रतिनिधित्व गर्ने भएकाले धेरैको सहयोग रहने विश्वास रहेकोे बुझिन्छ ।

Leave a Reply

Your email address will not be published.