किरण श्रेष्ठ, तनहुँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको आइतबार पहिलो दिन तनहुँका निर्वाचन कार्यालयहरुमा न्यून संख्यामा उम्मेदवारी दर्ता भएको छ ।

तनहुँका १० स्थानीय तहमा स्थापना भएका निर्वाचन कार्यालयहरुमा आइतबार अधिकांश स्वतन्त्र र साना दलका उम्मेदवारहरुले मात्रै मनोनयन दर्ता गराएका छन् ।

आइतबार उम्मेदवारी दर्ता गराउनेहरुको सँख्या कम रहेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । जिल्लाभर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका उम्मेदवारले सोमबार मनोनयन दर्ता गराउने छन् ।

मनोनयन दर्ताका लागि निर्वाचन आयोगले दुई दिनको समय छुट्टयाएको छ । तनहुँको १० स्थानीय तहमा ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।

तनहुँको व्यास नगरपालिकामा आइतबार २२ जनाले मनोनयन दर्ता गराउँदा जिल्लाको घिरिङ गाउँपालिकामा भने मनोनयन दर्ता नै भएन ।

व्यासमा २२ जनाको मनोनयन दर्ता

तनहुँको व्यास नगरपालिकामा मेयर पदका लागि व्यास-९ की स्वतन्त्र उम्मेदवार पार्वती कार्कीले पहिलो मनोनयन दर्ता गराएकी छिन । मेयरमा कार्कीसहित ३ जनाले आइतबार मनोनयन दर्ता गराएका छन् । जसमा विवेकशिल साँझा पार्टीबाट व्यास नगरपालिका १० का रमेश आचार्य र मङ्गोल नेशनल अर्गनाइजेशनबाट व्यास नगरपालिका-५ की अनिता थापा रहेकी छिन ।

यसैगरी व्यास नगरपालिकाको उपप्रमुखमा विवेकशील साझाबाट हसिना बानु र मङ्गोल नेशनल अर्गनाइजेशनबाट श्रीमाया थापाको उम्मेदवारी परेको छ ।

त्यस्तै वडा अध्यक्षका लागी ८ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा व्यास-३ मा विवेकशिल साँझा पार्टीबाट नन्द बहादुर थापा मगर, व्यास-४ मा मङ्गोल नेशनल अर्गनाइजेशनबाट भक्त बहादुर थापा, व्यास-५ मा मङ्गोल नेशनल अर्गनाइजेशनबाट बेलिसरा थापा, व्यास-१० मा स्वतन्त्र रुपमा सागर घिमिरे, व्यास-११ मा विवेकशील साँझाबाट दिपक पन्थ र व्यास-१३ मा मङ्गोल नेशनल अर्गनाइजेशनबाट शम्भु राना मगर, व्यास-५ मा राप्रपाबाट सिताराम शाही, व्यास-१३ मा जसपाबाट दिपक थापाले वडाअध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै खुल्ला सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ । जसमा व्यास-५ मा मङ्गोल नेशनल अर्गनाइजेशनबाट इमान सिं आले, व्यास-६ मा जनता समाजवादी पार्टीबाट राजकुमार सार्की, व्यास-११ मा विवेकशिल साँझा पार्टीबाट कमल गुरुङ, व्यास-५ मा राप्रपाबाट नर बहादुर दरै, राप्रपा बाटै व्यास-५ मा चोकमान श्रेष्ठ र व्यास-१३ मा जसपाबाट सुबिलाल आलेले उम्मेदवारी दिएका छन् ।

दलित महिला सदस्यमा व्यास-५ मा राप्रपाबाट तारा सुनारले उम्मेद्वारी दिएकी छिन । यस्तै महिला सदस्यमा व्यास-३ मा जसपाबाट धनमाया गौली र व्यास-५ मा राप्रपाबाट तिला शाहीले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए ।

भिमादमा राप्रपाबाट ७ जनाको मनोनयन दर्ता

जिल्लाको भिमाद नगरपालिकामा ७ जनाको मनोनयन दर्ता भएको छ । भिमादमा आइताबार राप्रपाबाट मात्रै मनोनयन दर्ता भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।

जसमा राप्रपाबाट मेयरमा विष्णुभक्त खनाल, उपप्रमुखमा बसन्ती अधिकारी, भिमाद-३ को वडाअध्यक्षमा नारायण बहादुर मल्ल, भिमाद-५ को अध्यक्षमा राजेन्द्र गैह्रे, भिमाद-६ को अध्यक्षमा मोहमद अलि मियाँ, भिमाद-७ को वडाअध्यक्षमा धनन्जय भण्डारी र भिमाद-३ को वडासदस्यमा बिमला मल्लले उम्मेदवारी दिएका छन् ।

शुक्लागण्डकीमा ६ जनाको मनोनयन दर्ता

आइतबार जिल्लाको शुक्लागण्डकी नगरपालिकामा ६ जनाको मनोनयन दर्ता भएको छ । जसमा मङ्गोल नेशनल अर्गनाइजेशनबाट नगर प्रमुखमा नम बहादुर थापा र उन्नत लोकतन्त्र पार्टीबाट नगरप्रमुखमा जगदिश काफ्लेलमनोनयन दर्ता गराएका छन् ।

यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनबाट शुक्लागण्डकी-६ को वडाअध्यक्षमा फणिन्द्र बहादुर राना र सोही वडाको सदस्यमा बसन्ती थापा, शुक्लागण्डकी-११ मा स्वतन्त्र रुपमा सन्तोष मल्ल, शुक्लागण्डकी-७ मा स्वतन्त्र रुपमा तुलसी प्रसाद पौडेलले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत सरिता राईमाझिले जानकारी दिईन ।

भानुमा १९ जनाको मनोनयन दर्ता

जिल्लाको भानु नगरपालिकामा १९ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत मिन बहादुर कुँवरले जानकारी दिए । भानुमा राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट उम्मेद्वारी परेको कुँवरले जानकारी दिए ।

देवघाटमा ४ जनाको मनोनयन

जिल्लाको देवघाट गाउँपालिकामा ४ जनाले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गाउँपालिका अध्यक्षमा कृष्ण प्रसाद आचार्य, उपाध्यक्षमा गंगा माया गुरुङ, देवघाट-५ को अध्यक्षमा कृष्ण प्रसाद पोख्रेल र देवघाट-५ को वडासदस्यमा चन्द्र बहादुर शाहीको उम्मेद्वारी परेको निर्वाचन अधिकृत थमन सिं थापाले जानकारी दिए ।

आँबुखैरीनेमा ७ जनाको मनोनयन दर्ता

जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ७ जनाको मनोनयन दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा विवेकशिल साँझा पार्टीबाट उत्सव अधिकारी, उपाध्यक्षमा राप्रपाबाट ईमबहादुर केसी, आँबुखैरेनी-१ को वडाअध्यक्षमा स्वतन्त्र रुपमा कर्ण बहादुर गुरुङ, आँबुखैरेनी-१ को वडाअध्यक्षमा राप्रपाबाट जनकराज सेडाई, आँबुखैरेनी-३ को वडासदस्यमा राप्रपाबाट सुमन बगाले, मनोज कुमार श्रेष्ठ र मनोज श्रेष्ठको उम्मेद्वारी परेको निर्वाचन अधिकृत चिरन्जीवी पौडेलले जानकारी दिए ।

ऋषिङमा १२ जनाको मनोनयन दर्ता

जिल्लाको ऋषिङ गाउँपालिकामा १२ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा गाउँपालिका अध्यक्षमा १ जना, उपाध्यक्षमा १ जना, वडाअध्यक्षमा ३ जना, खुल्ला सदस्यमा ५ जना र महिला सदस्यमा २ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए ।

घिरिङमा भएन मनोनयन

जिल्लाको घिरिङ गाउँपालिकामा आइतबार मनोनयन नै नभएको निर्वाचन अधिकृत कृतन पौडेलले जानकारी दिए ।

म्याग्देमा अध्यक्ष र उपाध्यक्षमा मनोनयन

जिल्लाको म्याग्दे गाउँपालिकामा दुई जनाको मात्रै मनोनयन भएको छ । जसमा मौलिक जरोकिलो पार्टीबाट गाउँपालिका अध्यक्षमा टोलराज वाग्ले र उपाध्यक्षमा राष्ट्रिय जनमुक्ति पार्टीबाट केशरबहादूर थापाले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए ।

बन्दीपुरमा एक जना मात्रै

बन्दीपुर गाउँपालिकामा आइतबार स्वतन्त्र एक जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । जसमा गाउँपालिका अध्यक्षका लागी स्वतन्त्र रुपमा केशव अधिकारीले उम्म्मेद्वारी दिएको निर्वाचन अधिकृत विश्वबन्धु पौडेलले जानकारी दिए ।

भिडिओ :

https://fb.watch/cBKJvBlFWG/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed