तनहुँ । नेकपा एमाले तनहुँले जिल्लाका अधिकांश पालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाएको छ । नेकपा एमाले तनहुँले जिल्लाका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाएको हो ।

एमालेले तनहुँमा कांग्रेसका पुर्वनेता गोविन्दराज जोशी समुहसँग तालमेल गरेको छ ।

जोशी समुहले व्यास नगरपालिकामा मेयर र भानु नगरपालिकामा उपमेयर पाएको छ ।

त्यस्तै आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा जोशी समुहले उपाध्यक्ष पाएको छ ।

जोशी समूहले व्यासको मेयरमा दिपकराज जोशी, बन्दीपुरको उपाध्यक्षमा केशु गुरुङ र भानुको उपमेयरमा केशरबहादुर गुरुङ उम्मेदवार तय भएका छन् ।

आँबुखैरेनी गाउँपालिकामा भने जोशी समुहले टुंगो लगाएको छैन ।

यी हुन् तनहुँमा एमाले उम्मेदवार, कहाँ-को ?

१) देवघाट

अध्यक्ष – दुर्गबहादुर थापा
उपाध्यक्ष – सावित्री न्यौपाने

२) आबुखैरेनी

अध्यक्ष – ऋषी केसी
उपाध्यक्ष – (जोशी समूह)

३) बन्दिपुर

अध्यक्ष – सुरेन्द्र थापा
उपाध्यक्ष – (जोशी समूह)

४) भानु

मेयर-सीताराम बजगाई
उपमेयर- (जोशी समूह)

५) व्यास

मेयर- जोशी समूह
उपमेयर- बसुन्धरा घर्ती

६) म्याग्दे

अध्यक्ष- श्रीप्रसाद श्रेष्ठ
उपाध्यक्ष – रत्ना घिमिरे

७) शुक्लागण्डकी

मेयर- मुक्ति तिमिल्सिना
उपमेयर- फुलमाया वाग्ले

८) भिमाद

मेयर- दधिराज सुवेदी
उपमेयर- शारदा खनाल

९) ऋषिङ

अध्यक्ष – हरिराज कडेंल
उपाध्यक्ष –

१०) घिरिङ

अध्यक्ष – होमबहादुर थापा
उपाध्यक्ष – राधा अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed