लागुऔषध सहित एक युवक पक्राउ

Byकिरण श्रेष्ठ

१२ बैशाख २०७९, सोमबार १९:०७ १२ बैशाख २०७९, सोमबार १९:०७ १२ बैशाख २०७९, सोमबार १९:०७

तनहुँ । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित बेनिटारमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान लागुऔषध सहित एक युवक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनौलीबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार रुपन्देही तिनाउ नगरपालिका वडा नं. ११ बस्ने २१ वर्षिय सागर कुवंर क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

चेकजांचको क्रममा क्षेत्रीले ल्याएको झोला भित्र लागु औषध डाईजेपामको शिशी १५० एम्पुल, फेनरागनको शिशी १५० एम्पुल र ब्रोनोरफोनको शिशी १५० एम्पुल गरी जम्मा ४५० एम्पुल लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।

क्षेत्रीलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरेहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *