‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक, नेपालमा जेठ ६ बाट प्रदर्शन हुने (भिडिओ सहित)

Byकिरण श्रेष्ठ

२२ बैशाख २०७९, बिहीबार १४:०४ २२ बैशाख २०७९, बिहीबार १४:०४ २२ बैशाख २०७९, बिहीबार १४:०४

तनहुँ । फिल्म ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल र अमेरिकामा छाँयाक्न उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

अमेरीका र नेपालको पोखरा, भिमाद लगाएतको ठाँउमा छाँयाक्न भएको चलचित्र अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइसकेको सिनेमा नेपालमा जेठ ६ गतेबाट प्रदर्शन हुनेछ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस फिल्म १८ वर्ष देखि लस एन्जेलसमा बसोबास गरिरहेका तनहँु भिमाद निवासी ब्यास बिशुले निर्माण गरेका हुन् ।

उनी पेशाले इन्जिनियर भएता पनि लामो समय देखि अमेरिकाका नेपाली समुदायलाई खेलकुद सहित विभिन्न मनोरंजन कार्यक्रमहरु गर्दै आएका थिए ।

फिल्म निर्माणमा नयाँ भएता पनि उनले अमेरिकामा नेपाली फिल्महरु प्रदर्शन गर्ने, कलाकर्मी तथा खेलाडीहरुलाई अमेरिकामा हुने कार्यक्रममा सहभागी गराउने काम धेरै अघि देखि गर्दै आएका हुन् ।

अमेरिकामा दर्शकले निकै रुचाएको सिनेमाले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास राखेको छ ।

चलचित्रमा ब्यास बिस्सु, अकेशा बिस्ट,शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल, संचारक्रमी विष्णु गौतम लगायतको पनि अभिनय छ ।

संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्मातामा छन् र प्रदिप आचार्य पोष्ट प्रडक्सन म्यानेजर रहेका छन ।

सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमामा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन, कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत, क्रिस वारेन र एडवर्ड उकेन (अमेरिका) र बाबु श्रेष्ठ (नेपाल) को छायांकन, प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर रहेको छ ।

भिडिओ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *