उच्च अदालत पोखराले माग्यो पल शाहका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश

Byखवरबाटिका

२२ बैशाख २०७९, बिहीबार १६:४८ २२ बैशाख २०७९, बिहीबार १६:४८ २२ बैशाख २०७९, बिहीबार १६:४८

पोखरा । उच्च अदालत पोखराले अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा शाहका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश माग गरेको छ ।

बालिका जबर्जस्ती करणीको आरोप लागेपछि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलरासी पूर्वको आदेशमा अभिनेता हाल पुर्पक्षका लागि थुनामा छन् ।

अदालतले उनका सहयोगी जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

आरोपित शाहले दुबै जिल्ला जिल्ला अदालतले गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा छुट्टाछुट्टै पुनरावेदन निवेदन दिएका थिए ।

त्यस्तै जिल्ला सरकारी वकिल कार्यालयले शाहका सहयोगी जोशीलाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दिएको थियो ।

उच्च अदालत पोखराले १५ वैशाखमा दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश दिएको थियो ।

बिहीबार भने उच्च अदालतले जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले दिएको आदेश पनि माग गरेको उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेल जानकारी दिए ।

‘कृष्ण जोशीलाई पहिले तनहुँले धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उक्त आदेशविरुद्ध सरकारी वकिलले उच्चमा निवेदन दिएका थिए,’ उनले भने, ‘अहिले त्यो आदेश पनि सँगै राखेर हेर्न आदेश जारी भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *