तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका श्रीप्रसाद श्रेष्ठले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

प्रतिबद्धता :

आदरणीय दाजुभाई तथा दिदीवहिनी एवं वुवाआमाहरु, नयाँ वर्ष २०७९ को आगमन सँगै यहि वैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनको अवसरमा नेकपा एमाले देश र प्रवासमा रहनुभएका सम्पुर्ण नेपाली जनतामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यो अवसरमा राष्ट्रिय स्वतन्त्रता, सामाजिक न्याय, सङघीय लोकतान्त्रिक गणतन्त्रक स्थापनाका निम्ति आफनो अमुल्य जीवन उत्सर्ग गर्नुहुने सम्पुर्ण शहिदहरु प्रति हाम्रो गौरवशाली पार्टी भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

हाम्रा आदरणीय अग्रज नेताहरु पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीलगायत अनय अग्रहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु ।
नेकपा एमाले स्थानिय तहरुहरुलाई सशक्त सवलर स्वायक्त रुपमा विकसित गर्न हरपल प्रतिवद्ध छ । नेकपा एमाले जनमुखी शासन व्यवस्था, लोककल्याणकारी राज्वय प्रणाली र समृद्धिको पथ प्रर्दशकको रुपमा स्थापित छ । विभिन्न आत्रिक षडयन्त्र र अन्र्तघातको वावजुद पनि ओली सरकारले विकासका कामहरुमा ठुलो फड्को मारेको तथ्यहरुले प्रमाणित गर्दछ ।

ओली सरकारका पालामा भएको विकास निर्माण र राष्ट्रहित कार्यहरु ःनेपाल–भार पेट्रोलियम पाईपलाईन, कालामानी, लिपुलेक र लिम्पियाधुरा समेटेर वनाईएको नयाँ नक्सा जारी, नागढुङ्गा सुरुङ्गमार्ग, पोखरा र भैरहवा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल, भुमि वैकको स्थापना, स्मार्ट सिटीको योजना, धरहरा तथा रानीपोखरीको पुर्ननिर्माण, स्वास्थ्य विमा, काठमाण्डौ निजगढा फास्त ट्रयाक, अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र, हुलाकी राजमार्ग, विद्युत उत्पादनमा व्यापक वृद्धि र लोडसेडिङ्ग अन्त्य, प्रत्येक गाँउपालिकामा १५ शैयाको अस्पता निर्माणको थालनी, यातायातको सिन्डिकेट अन्त्य, वृद्धभत्ता वृद्धि लगायत सयौ उपलव्धी हासिल भएक छन् । समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारा लिएर राष्ट्रनिर्माणको सपना वोकेका राजनेता केपी ओलीले अघि वनाउनु भएको विकास निर्माण र राष्ट्र हितका पाईलाहरु सर्वविदितै रहेका छन् ।

यसै गरि आफनो गाँउ आफै वनाउ भन्ने अभियानलाई चरितार्थ गर्दे म्याग्दे गाँउपालिका भित्र हाम्रो पार्टीले विजय हासिल गरो वडा नं २, ६ र ७ मा विकास निर्माण कार्यको उत्कृष्ट नमुनाहरु देख्न सकिन्छ । ती वडाहरुमा भएका विकास निर्माण कार्यहरुको संक्षिप्त विवरण यस प्रकार रहेका छन् ।

वडा नं २ मा खानेपानी, वाटो विस्तार, र स्तरोन्नती, स्वास्थ्य सेस्थामा सेधार कृषिमा अनुदान युवाहरुलाई विभिन्न प्राविधिक तालिमहरु वृद्धवृद्धहरुलाई विशेष सम्मानको कार्यक्रम, साता सिंचाई आयोजनाहरु सम्पन्न भएका छन् । वडा नं ६ मा खानेपानीको लागी एक घर एक धाराको योजना लगभग सम्पन्न भएको, मनपाङ्ग स्वास्थ्य चौकी तथा रत्न माविमा वर्षो देखि अभाव रहेको पिउने पानी उपलव्ध गराएको, वाटो विस्तार र स्तरोन्नती भएको मुल सडकहरु ८ मिटर मापदण्ड कायम गरिएको, साना सिंचाई आयोजना सम्पन्न भएको, म्याग्दे र व्यास जोड्ने साागे खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । यसै गरि वडा नं ७ मा जनज्योतिमोटरमार्ग स्तरोन्नती, डाँडा गाँउ भ्यु टावर र हर्षपुर होमस्टे, धोवीखोला र कदमे खानेपानी योजना सम्पन्न, जसले गर्दा २८० घरधुरी भन्दा वढिले लाभान्वित हुने अवसर पाएका छन् ।

यहि म्याग्दे गाँउपालिकामा भएका रिङरोडहरुको स्तरोन्नती तथा डिप वोरिङ योजना मार्फत खानेपानीको योजनाहरुसम्पन्न गर्न प्रदेश सरकारवाट ओली सरकारको पालामा नै वजेट विभियोजन भएर काम सम्पन्न भएको सम्पुर्ण जनतामाझ अवगत नै छ । स्थानिय विकास निर्माणका कार्यहरुमा स्थानिय सरकारको नै मुख्य भुमिका रहने हुनाले हाम्रो पार्टी म्याग्दे गाँउपालिकामा अल्पमतमा परेको कारण विविध वाधा र अड्चनहरु सामना गनुप¥यो । जसले गर्दा हाम्रो प्रतिवद्धता र जनताको चाहना अनुरुप काम हुन सकेनन् । धेरै विकास निर्माणका कामहरु अधुरो नैर हेको सम्पूर्ण न्याय र विकासप्रेमी जनसमुदाय वीच छर्लङ्ग छ । तसर्थ सम्पुर्ण म्याग्देवासी जनताले हाम्रो पार्टीसँग राखेको अपेक्षा पुरा गर्न सम्पुर्ण देशभक्त स्वाभिमानी र विकासप्रेमी जनसमुदाय वीच समृद्ध र सवल म्याग्दे निर्माण गर्ने प्रतिवद्धता र संकल्प सहित नेकपा एमाले म्याग्दे गाँउपालिका यो घोषणापत्र जारी गर्दछ ।

(क) शिक्षा ः
(१) म्याग्दे भित्र रहेका सम्पुर्ण सामुदायिक तथा निजी विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागी समन्वय गर्न एउटा शिक्षाविदहरुको समन्वय समिती गठन गरिनेछ ।
(२) शिक्षावाट वञ्चित वालवालिकाको खोजी गरेर विद्यालय शिक्षाको पहुँच पुरयाईनेछ ।
(३) फरक क्षमता मैत्री व्यवस्था गरिनेछ ।
(४) व्यवसायिक शिक्षामा जोड दिदै कृषि, पशुपालन तथा ईन्जिनियरिङ्ग विषयका प्राविधिक शिक्षालयहरु उपयुक्त ठाँउमा स्थापना गरिनेछ ।
(५) म्याग्दे भित्र कार्यरत सम्पुर्ण शिक्षकहरुको पेशागत नैतिकता र सक्षमता अभिवृद्धि गर्नुका साथै शिक्षककको कार्य सम्पादनलाई विद्यार्थीको सिकाई उपलव्धिसँग जोडिने छ ।
(६) स्थानिय वासिन्दाहरुको परिस्थिती आवश्यकता र चाहना अनुरुप स्थानिय पाठ्यक्रम तयार पारी लागू गरिनेछ ।

(ख) स्वास्थ्य तथा सरसफाई तर्फ ः
(१) प्रत्येक वडामा एक एक वटा स्वास्थ्य संस्थाहरुको व्यवस्था गरिनेछ ।
(२) गााउपालिका भित्र भएको स्वास्थ्य संस्थाहरुलाई स्राोत र साधन ले सम्पन्न गराई दक्ष स्वास्थ्यकर्मीहरुको व्यवस्था राखिनेछ ।
(३) सफा राखौ स्वास्थ्य वनौ भन्ने नाराका साथ विभिन्न जनचेतनाका कार्यक्रमहरु संचालन गरिनेछ ।
(४) सरुवा रोगको रोकथाम तथा नियन्त्रण र ग्रामीण भेगमा गर्भवती जाँच र खोप सेवाम सुनिश्चितता प्रदान गरिनेछ ।
(५) मुख्य मुख्य वजार क्षेत्रमा सार्वजनिक शौचालयके व्यवस्था गरिनेछ ।
(६) स्वास्थ्यकर्मीहरुको सेवा सुविधा तथा पेशाको ग्यारेन्टीको व्यवस्था गरिनुको साथै स्वस्थ्य क्षेत्रलाई चुस्त दुरुस्त वनाईनेछ ।
(७) आयुवैद प्राकृतिक चिकित्सा योग तथा होमियोप्याथिक चिकित्सा प्रणालीलाई एकीकृत रुपमा विकास र विस्थातर गरिनेछ ।
(८) सवै प्रकारका स्वास्थ्य संस्थावाट प्रदान गरिने सेवाको गुणस्तर सुनिश्चित गरिनेछ ।
(९) अति विपन्न गर्भवती महिला जेष्ठ नागरिक तथा अशक्तका लागी निशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
(१०) म्याग्दे गाँउपालिकाको मुखय चोक चोकवाट टिपरद्धारा फोहर संकलन गरि डम्पिङ्ग साईडमा व्यवस्थापन गरिनेछ ।

(ग) कृषि ः
(१) कृषिलाई निर्वाहमुखी मात्र नवनाई व्यवसायिकता प्रदान गर्न कृषिमा आधुनिकीकरण तर्फ जोड दिईनेछ ।
(२) म्याग्देको विभिन्न उच्च भेगमा सुन्तला खेतिको लागि सम्भाव्यता क्षेत्रको अध्ययन गरि सुन्तला पकेट क्षेत्र घोषणा गरि कृषकलाई विशेष अनुदानको व्यवस्था गरिनेछ ।
(३) उत्पादित कृषि उपजलाई वजारीकरण गर्न उपयुक्त स्थानको छनौट गरि सहभागितामा आधारित संकलन केन्द्र स्थापना गरिनेछ ।
(४) कृषकलाई सरल र सुलभ कृषि ऋणको व्यवस्था गरिनेछ ।
(६) कृषि क्षेत्रमा साना सिंचाई कार्यक्रम पानी तान्ने पम्प र लिफिटिङ्ग सिंचाई आदिको व्यवस्था गरिनेछ ।
(७) उपयुक्त र प्रभावकारी वजारीकरणको लागि उपयुक्र ठाँउको छनौट गरि हाट वजारको व्यवस्था गरिनेछ ।
(८) दुध उतपादन गर्ने कृषकहरुको लागि प्रोत्साहन अनुदान स्वरुप प्रतिलिटर दुधलाई ५ रुपैया प्रदान गरिनेछ ।
(९) महिला वर्गलाई कृपषमा आयमुलक व्यवसाय संचालन गर्नका लागि निशुल्क तालिमहरुको व्यवस्था गरिनेछ ।
(१०) व्यवसायिक रुपमा पशुपंक्षि र मत्स्यपालक कृष्कहरुलाई विशेष अनुदानको व्यवस्था गरिनेछ ।

(घ) यातायात ः
(१) गााउपालिकाको उत्तरी र दक्षिण्ी भाग सवै समेटिने गरि खोलिएको रिङ्गरोड, घुम्ति, वेलटार, कोईरालाथोक, काफथोक, दमसेरा, गुणादी हुदै वरचौर को स्तरोन्नती र क्रमशः कालोपत्रे गरिनेछ ।
(२) प्रत्येक गाँउलाई एक आपसमा जोड्ने लिङक रोडको व्यवस्था गरिनेछ ।
(३) भिमादावाट डाँडैडाडा हुदै मानुहँवाट दमौली झर्ने र मनपाङ्गको डाँडैडाँडा हुदै साँगेखोला झर्ने पहाडी वाटोलाई विशेष प्राथमिकता दिदै पर्यटकिय मार्गको रुपमा विकास गरिनेछ ।
(४) आवश्यकता अनुसार थप झोलुङ्गे पुलको निर्माण गरिनेछ ।
(५) अहिले वन्दै गरेका कच्ची सडकहरुको स्तरोन्नती गर्दे क्रमशः कालोपत्रे गरिनेछ ।
(६) म्याग्दे गाँउपालिकाका भित्रका राजमार्ग वाहेक अन्य प्रचलित मोटरमार्गहरुमा सार्वजनिक सवारी साधनहरु संचालन गर्न रोड परमिटको व्यवस्था गरिनेछ ।
(७) म्याग्देवासीको सुविधालाई ध्यानमा राखी एउटा उपयुक्त ठाँउमा टयाक्सी स्टेशन सुचारु गरिनेछ ।
(८) जनज्योती मोटरमार्ग घुम्ती देखि रानीटारी मोटरमार्गलाई स्तरोन्नती तथा कालोपत्रे गरिनेछ ।
(९) जनजार्गती मोटरमार्ग थर्पु पुलचोकदेखि मनपाङ मार्गलाई स्तरोन्नती तथा कालोपत्रे गरिनेछ ।
(१०) थर्पु, छाङ, हटिया मार्गलाई स्तरोन्नती तथा कालोपत्रे गरिनेछ ।

अतः यही वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले म्याग्दे गाँउपालिका अन्र्तगत रहेका सम्पुर्ण वडा र पालिकामा नेकपा एमालेका सुर्य चिन्हका उम्मेदवारलाई अत्याधिक वहुमत दिई सुखी नेपाली समृद्ध नेपाल वनाउने महान अभियानमा साथ दिनुहुन हार्दिक अपिल गर्दछु ।

श्रीप्रसाद श्रेष्ठ, अध्यक्षका उम्मेदवार, नेकपा एमाले, म्याग्दे गाँउपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *