December 8, 2022

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा मतगणना सुरु भएको छ । सुरूवाती मतको प्रारम्भिक मत परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । त्यस्तै उपमेयरमा भने नेकपा एमाले अगाडी रहेको छ । अहिलेसम्म १ सय मत गणना भएको छ ।

शुक्लागण्डकी नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका कृष्णराज पण्डितले ४९ मत पाएका छन् भने नेकपा एमालेमा मुक्तिनाथ तिम्सिनाले ४५ मात पाएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकी फुलमाया वाग्लेले ४५ मत पाएकी छिन भने नेकपा माओवादी केन्द्रका खुमबहादुर विक (राजु)ले २९ मत पाएका छन ।

यस्तै शुक्लागण्डकी-१ को वडाध्यक्षमा नेपाली काँग्रेसका रबिचन्द्र पौडेलले ५० मत पाएका छन् भने नेपा एमालेका रघुनाथ पौडेलले ४५ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *