तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा २३७ मत गणना भएको छ । ऋषिङमा एमाले र माओवादी केन्द्र बीच तालमेल रहेको छ । जसअनुसार गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट हरिराज कंडेल उम्मेदवार छन् भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट मधुप्रसाद थापा उम्मेदवार छन् ।
अध्यक्षका उम्मेदवार कंडेलले ७४ मत पाएका छन् भने उपाध्यक्षका उम्मेदवार थापाले ९० मत पाएका छन् । यस्तै नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले ६९ मत पाएका छन् भने कांग्रेसबाटै उपाध्यक्षकी उम्मेदवार गिनुमाया थापाले ९८ मत पाएकी छिन ।
यस्तै गाउँपालिकामा अध्यक्षका स्वतन्त्र उम्मेदवार श्रीराम आलेले ५१ मत पाएका छन् ।