तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नं. ८ रिस्ती मतदान केन्द्रमा पुनःमतदान हुने भएको छ । आगामी जेठ ४ गते पुन:मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले वैशाख ३१ गते गरिएको मतदान प्रक्रिया रद्ध गरी पुनः मतदान गर्ने निर्णय गरेको हो ।

व्यास-८ रिस्तीका दुवै केन्द्रमा आगामी जेठ ४ गते पुनः निर्वाचन गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले सुचना जारी गरेको छ । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जेठ ४ गते दुई वटा मतदान केन्द्रमा पुनः मतदान गरिने जानकारी दिए ।

उक्त केन्द्रको मतदान पश्चात मात्र व्यासको मतगणना कार्य अगाडि बढाउन निर्वाचन आयोगले निर्देशन दिएको तनहुँका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले जानकारी दिए ।

गाविस भवन फेदी मतदान केन्द्रमा व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते जोशीको हाल काठमाडौस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ ।

यस्तो छ सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *