तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुख(मेयर)का उम्मेदवार दीपकराज जोशी यतिबेला काठमाडौको फ्रन्टलाईन अस्पतालको बेडमा छन ।

मेयरका उम्मेदवार जोशी यतिबेला व्यास नगरपालिकाको मतगणना हुने स्थल जिल्ला समन्वय समिति तनहुँको सभाहलमा बसिरहेका भेटिन्थे होलान ! यदि, उनि माथि हिजो शुक्रबार व्यास नगरपालिका-८ रिस्तीमा आक्रमण नभएको भए ।

उनै मेयरका उम्मेदवार जोशी शुक्रबार नेपाली काङ्ग्रेसका कर्याकर्ताबाट कुटपिटमा परेर घाइते भएका छन । घाइते जोशी उपचारका लागी यतिबेला काठमाडौको अस्पतालमा छन ।

जोशीको टाउकोमा चोट लागेको छ । अहिले स्वास्थ्यमा सुधार आएको जोशीले बताएका छन । व्यास-८ मा जेठ ४ गते पुन मतदान हुने भएपछी जोशीले व्यास-८ का मतदातालाइ निर्धक्क भएर मतदान गर्नु अनुरोध गरेअका छन् । उनले अगाडी भने  ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको आफुले चाहेको जनप्रतिनिधिलाई भोट हालेर जिताउन पाउने हो । आफ्नो अमुल्य मतको सदुपयोग गर्नु होला ।’

यता नेपाली काङ्ग्रेसले भने जोशीले मतपत्र च्यातेको आरोप लगाएको छ ।

यस्तैमा शनिबार निर्वाचन आयोगले व्यास-८ रिस्तीको गाविस भवन फेदी (क) र गाविस भवन फेदी (ख) दुईवटै मतदान केन्द्रमा पुन:मतदान गराउने सूचना जारी गरेको छ ।

पुन: मतदान आगामी जेठ ४ गते बुधबार हुने मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले जानकारी दिए ।

उनले भने ‘यसअघि वैशाख ३० गते भएको मतदान रद्ध गरी पुन:मतदान गर्नु भनि आदेश आएकाले जेठ ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुन: मतदान हुनेछ ।’

सामाजिक संजाल फेसबुकबाट यसो भन्छन मेयरका उम्मेदवार दीपक

‘मेरो अवस्थमा अहिले क्रमिक सुधार आएको छ । डाक्टरले खतरमुक्त भनेर भन्नू भएको छ । कोहि पनि नआत्तिनु होला । धेरै मेरो स्वास्थ अवस्थ बारे चिन्ता लिएर फोन गर्नु भएको छ । मैले धेरैको फोन उठाउन नसकेकोमा क्षेमा प्राथी छु ।

म माथी आक्रमण भएको स्थानमा जेठ ४ गते पुन मतदान हुने भएको छ । सम्पुर्ण ब्यास ८ का मतदातालाइ निर्धक्क भएर मतदान गर्नु हुन अनुरोध गर्दछु । लोकतन्त्रको सुन्दर पक्ष भनेको आफुले चाहेको जनप्रतिनिधिलाई भोट हालेर जिताउन पाउने हो । आफ्नो अमुल्य मतको सदुपयोग गर्नु होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *