देवघाट । तनहुँको देवघाट गाउँपालिका-५ को वडाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । वडाध्यक्षमा कांग्रेसका पूर्णबहादुर कुंवर १ हजार ८०६ मत प्राप्त गरी विजयी भएका छन् ।

कुँवरका प्रतिस्पर्धी नेकपा एमालेका शिवराज पौडेलले १ हजार २१४ मत प्राप्त गरे।

खुल्ला सदस्यमा नेपाली कांग्रेस यामबहादुर मगर १ हजार ६५२, बुद्धिबहादुर पाण्डे १ हजार ५३४ मत प्राप्त गरी विजयी भएका छन् ।

यता महिला सदस्यमा एमालेकी कमला गुरुङ १ हजार ३९८ र दलित महिला सदस्यमा एमालेकै सरस्वती परियार १ हजार ३९२ मत प्राप्त गरी विजयी भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *