भिमाद । तनहुँको भिमाद नगरपालिका-४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका रामकृष्ण राना ९२१ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका झकबहादुर थापाले ६४१ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यमा बोमबहादुर थापाले ८३२, ओमदत्त थापाले ८१५, महिला सदस्यमा केशमाया थापाले ८४३ र दलित महिला सदस्यमा लक्ष्मी दमैले ८४३ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *