भिमाद । तनहुँको भिमाद नगरपालिका-५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा पदमबहादुर थापाले १ हजार १०६ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका तुलबहादुर लामकामले ८१७ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्यमा कृष्णप्रसाद गैहेले १ हजार १२९, मनबहादर थापाले १ हजार ८४, महिला सदस्यमा कला घर्तीले १ हजार १६० र दलित महिला सदस्यमा मिनामाया परियारले १ हजार १७४ मत प्राप्त गरेका छन् ।