भिमाद । तनहुँको भिमाद नगरपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्यामसुन्दर जोशी विजयी भएका छन् । जोशीले १ हजार १४ मत पाएर वडाध्यक्षमा विजयी भएका हुन् ।

जोशी सोही वडाको निवर्तमान अध्यक्ष हुन् । अहिले पुन: जोशी नै वडाअध्यक्षमा विजयी भएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका भिमसिं थापाले ७९३ मत प्राप्त गरेका छन् ।

यो वडामा सबै सदस्यमा एमालेले जितेको छ । खुल्ला सदस्यमा पदमकुमार श्रेष्ठ, बेलबहादुर थापा, महिला सदस्यमा इन्दिरा खड्का र दलित महिला सदस्यमा कोपिला नेपाली विजयी भएका छन् । सबै सदस्य जितेर एमालेले वडाध्यक्ष भने जित्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *