बन्दीपुर । तनहुको बन्दीपुर-२ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडाध्यक्षमा तिलकबहादुर कुंवर ६५३ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका भूपेन्द्रबहादुर बानियाँले ५०५ मत प्राप्त गरे । एक खुल्ला सदस्य भने नेपाली काङ्ग्रेसले जितेको छ ।
खुल्ला सदस्यमा माओवादीका कुमार रोका सार्की ५५९, काङ्ग्रेसका कृष्णबहादुर घर्ती ५४४, महिला सदस्यमा माओवादीका दमयन्ती थापा मगर र दलित महिला सदस्यमा मन्जु कामी विजयी भएका छन् ।