भानु नगरपालिका-११ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विमलराज जोशी विजयी

Byकिरण श्रेष्ठ

३ जेष्ठ २०७९, मंगलवार २१:३७ ३ जेष्ठ २०७९, मंगलवार २१:३७ ३ जेष्ठ २०७९, मंगलवार २१:३७

तनहुँ । तनहुँको भानु नगरपालिका-११ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विमलराज जोशी विजयी भएका छन् । कैची चिन्हबाट उम्मेदवार बनेका जोशीले १ हजार ६३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन ।

उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका रविन भुजेलले ९१६ मत र नेकपा माओवादी केन्द्रका भरत बहादुर थापाले ३८ मत अर्का स्वतन्त्र उम्मेदवार (गुलाफको फुल) हस्त बहादुर कुँवरले ११७ मत पाए ।

स्वतन्त्र भनिएका वडाअध्यक्षमा विजयी जोशीलाई नेकपा एमाले र कांग्रेसको गोविन्दराज जोशी समुहको सहयोग छ ।

महिला सदस्यमा स्वतन्त्र उम्मेदवार मिना गुरुङले ९१२ मत, दलित महिला सदस्यमा नेपाली कांग्रेसकी सरस्वति विकले ९४६ मत, खुल्ला सदस्यमा कांग्रेसका टेक बहादुर गुरुङले ८९४ मत र अर्को खुल्ला सदस्यमा नेकपा एमालेका अक्कल बहादुर गुरुङले ९२३ मत पाएर विजयी भएका छन् ।

भानु-११ बाट मेयरमा एमालेलाई ९५२ मत, नेपाली कांग्रेसलाई १ हजार ११५ मत र नेकपा माओवादी केन्द्रलाई २५ मत गएको छ । यस्तै उपमेयरमा स्वतन्त्र उम्मेद्वारलाई ७४२ मत, नेपाली कांग्रेसलिई ८५७ मत र नेकपा माओवादी केन्द्रलाई ३३ गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *