व्यास । तनहुँको व्यास नगरपालिका-१० मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा नेपाली कांग्रेसका खेमराज पोख्रेल निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका मदन तिमल्सेनालाई हराएर वडाध्यक्षमा विजयी भएका हुन । पोख्रेलले १ हजार ३७९ मत ल्याएर विजयी भएका हुन भने उनका प्रतिस्पर्धी तिमल्सेनाले ८७६ मत पाएका हुन ।

यस्तै खुल्ल वडा सदस्यमा काङ्ग्रेसका यज्ञ प्रसाद शर्माले १ हजार ४९६ र ईश्‍वर प्रसाद पौडेलले १ हजार २६४ मत, महिला सदस्यमा वासना कुवँरले १ हजार ३६२ मत र दलित महिला सदस्यमा खिर माया वि.कले १ हजार ४५६ मत पाएर विजयी भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *