विसं २०७४ को स्थानीय तह निर्वाचनमा एउटा मात्र म्याग्दे गाउँपालिकामा महिला अध्यक्ष निर्वाचित भएको थियो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दे गाउँपालिकामा नेपाली कांग्रेसले नै पुन: अध्यक्ष पदमा मायादेवी रानालाई उम्मेदवार बनाएको थियो ।
यसपटक उनि निर्वाचनमा पराजित भईन । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत ठुला दलले प्रमुख पदमा महिला उम्मेदवार नबनाउँदा र नेपाली कांग्रेसले एउटा पालिकामा बनाएको प्रमुख पदकी उम्मेदवार समेत पराजीत हुँदा तनहुँमा महिला सहभागिता शून्य हुन पुगेको हो ।
तनहुँमा ठूला दलले निर्वाचनमा तालमेल गर्दा महिलालाई भन्दा पुरुषलाई प्राथमिकतामा राखेर भागबण्डा लगाएका कारण स्थानीय तहको प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष भएर नेतृत्व गर्ने अवसर गुमेको महिला नेतृहरु बताउछन ।
गत २०७४ को स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ दलले उम्मेदवार बनाउँदा नै महिलालाई वञ्चित गरेका कारण पनि महिला नेतृत्वमा पुग्ने अवसर खुम्चिएको छ ।
गत स्थानीय तह निर्वाचनमा एक जना महिला गाउँपालिका अध्यक्ष र ९ जना महिला नेतृ उपप्रमुख/उपाध्यक्षमा निर्वाचित हुँदै नेतृत्वदायी भूमिकामा पुगेका थिए तर यो पटक पालिका प्रमुखमा शुन्य नै भएको छ महिला नेतृत्व । उपप्रमुख/उपाध्यक्षमा पनि ७ जना महिलामा सीमित भएको छ ।
घिरिङ, ऋषिङ,बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा क्रमशः राधादेवी अधिकारी, गिनुमाया थापा, पञ्चमाया गुरुङ र दुर्गा अर्याल निर्वाचित भएका छन्। यसैगरी भिमाद, भानु र व्यासनगरपालिकाको उपप्रमुखमा क्रमशः शारदा खनाल, उमा गोतामे, इन्दिरा दरैले विजय हासिल गरेका छन् ।