तनहुँ । तनहुँका १० स्थानीय तहमध्ये ९ स्थानीय तहका कार्यपालिकाले पूर्णता पाएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत जिल्लाको व्यास नगरपालिका बाहेक अन्य ९ पालिकाको कार्यपालिकाले पूर्णता पाएको हो ।

नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्वाचित र ५ जना महिला वडा सदस्यबाट र ३ जना दलित/ अल्पसंख्यकबाट निर्वाचित हुने प्रावधान अनुसार कार्यपालिका सदस्य चयन गरिन्छ ।

जिल्लाको भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाइसकेको छ ।

कार्यपालिकाले पूर्णता पाएका मध्ये भानु नगरपालिका, देवघाट, म्याग्दे, ऋषिङ गाउँपालिकामा कांग्रेसको बहुमत पुगेको छ भने बन्दिपुरमा कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनको बहुमत पुगेको छ । भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिकामा नेकपा (एमाले)को र आँबुखैरेनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को एकल बहुमत पुगेको छ ।

यता व्यास नगरपालिकाको कार्यपालिका चुनावका लागी जेठ २१ गते मनोनयन र २५ गते मतदानको कार्यतालिका रहेको छ । व्यास नगरपालिकामा नेपाली कांग्रेसको बहुमत रहेकाले सबै कार्यपालिका सदस्य कांग्रेसबाटै निर्वाचित हुने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *