चितुवा नियन्त्रणको लागी बन्दिपुरमा राखिएको खोरको अनुगमन

Byखवरबाटिका

९ असार २०७९, बिहीबार १७:४५ ९ असार २०७९, बिहीबार १७:४५ ९ असार २०७९, बिहीबार १७:४५

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकामा चितुवा नियन्त्रणको लागी राखिएको खोरको अनुगमन तथा निरिक्षण गरिएको छ । बन्दीपुर गाउँपालिकाको वडा नम्बर १ को तीन वटा स्थानमा फलामे खोर राखिएको छ ।

बन्दीपुर-१ को बागदले, प्युघर र छापमा फलामे खोर राखिएको बन्दीपुर-१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।

अनुगमनमा खोरले काम गरे नगरेको, बाख्रा राखे/नराखेको लगायत जनतालाई सचेत रहन समेत आग्रह गर्दै चितुवा नियन्त्रणको लागी राखिएको ३ वटै खोरको निरिक्षण गरिएको थियो ।

साथै खोरमा बाख्रा राख्दा चितुवा नपरेपछि परिक्षणको रुपमा एउटा खोरमा कुकुर राखिएको छ ।

बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधि, सव डिभिजन वन कार्यलय बन्दिपुर बिमलनगर, प्रहरी चौकी डुम्रे, तनहुँ सशस्त्र प्रहरी मनकामना गढ भानु र छपेली सामुदायिक वनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

डिभिजन वन कार्यालय तनहुँका अनुसार २०७४ देखि हालसम्म १७ वटा चितुवाको जीवित उद्धार गरिएको छ भने २० वटा चितुवा मृत फेला परेको छ ।

डिभिजन वन कार्यालय तनहुँले चितुवाले आक्रमण गरेको ठाउँमा फेरी पनि आक्रमण गर्ने सम्भावना रहेकाले सर्तकता अपनाउन स्थानीयलाई अनुरोध गरेको छ ।

साँझ र रातको समयमा एक्लै नहिड्न, घर वरपर झाडी क्षेत्र नराख्न समेत डिभिजन वन कार्यालय तनहुँले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *