म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला र संस्कृति देशको अमुल्य गहना भएको बताए । नेपालको संस्कृति बिर्सदै जाने तर विदेशी संस्कृति अंगाल्दै जाने प्रवृतिले हामीमा परनिर्भरता बढेको अध्यक्ष श्रेष्ठले बताए । शिक्षामा आमुल सुधारका नाममा अनुपयोगी शिक्षा पढ्दै जादाँ देशमा जनशक्तिको अभाव भएको समेत उनले बताए ।
बाराही महिला बहुउद्येश्यीय सहकारी संस्थाद्धारा नेपाली नारीहरुको महानपर्व हरितालिका तिजको अवसरमा आयोजित समाज परिवर्तनमा महिलाको भुमिका विषयक कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन् ।
‘एकाध धर्म र संस्कृति बाहेक नेपालको कला र सम्पदा विश्वका नै उत्कृष्ट संस्कृति हो । हामी अनुशासित र मर्यादित हुनका लागी हिजोको हाम्रो शिक्षा, सस्कृति र पुर्वव्यवसायिक शिक्षा अपरिहार्य छ ।’ अध्यक्ष श्रेष्ठले भने ‘देखासिकीको नाममा सबैजना डाक्टार, ईन्जिनियर, नर्स पढ्दा त्यसले समस्या ल्याएको छ ।’
सो अवसरमा श्रेष्ठले महिलाहरु समाज रुपान्तरणको मुख्य माध्याम भएको बताए । महिलाको उपस्थितीले नै समाज निर्माणमा महत्वपुर्ण भुमिका खेल्नेहुदाँ गाँउपालिका सधै महिलाको क्षमता अभिवृद्धिमा साथ रहेको बताए ।
सो कार्यक्रममा म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले संस्कृतिको जगेर्नाका लागी गरिएको तिज गीत प्रतियोगिता सर्हानीय भएको बताए । कोभिड पछिको यो कार्यक्रमले पुन: विस्तारै गति लिन थालेको समेत बताए ।
तीज गीत प्रतियोगितामा गाईएको गीतले वास्तविक समाजको चित्रण गरेको हुनाले समाजमा महिलाको भुमिका स्थापित गर्नका लागी सवै लाग्नुपर्ने समेत उपाध्यक्ष घिमिरेले बताए ।
६ वटा समुहले भाग लिएको तिज गीत प्रतियोगिताम आर्दश युवा क्लव महेन्द्र मावि प्रथम भएको थियो । कार्यक्रममा सयपत्री आमा समुह, गणेश आमा समुह, महिला जागरण आमा समुह, नौ धरे आम समुह, एकता मगर समाज लगायतका उपस्थिती रहेको थियो ।