तनहुँ । तनहुँको व्यास नगरपालिका–१ तालघरे नजिक सिंगुसले चिल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड़काले जानकारी दिए ।
सिंगुसले शरीरभरि टोकेर सख्त घाइते भएका सुवेदीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बिहान १०:३० बजे तिर भएको प्रहरीले जनाएको छ ।
सिमलको रुखमा रहेको सिंगुसले चिल्दा अन्य ७ जना घाइते भएका छन् । घाइतेको दमौली अस्पतालमा उपचार भईरहेको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।