February 5, 2023

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ५ लाई नमुना वडाको रुपमा स्थापित गराउने उद्देश्यले रोटरीले विभिन्न गतिविधिहरु गर्दै आएको छ । अमेरिका स्थित रोटरी क्लब अफ सनसेट हुनुलुलु हवाईको सहयोगमा रोटरी क्लब अफ दमौलीले सो क्षेत्रमा विगतदेखी नै विभिन्न कार्यक्रम गर्दै आइरहेको हो ।

यसै सन्र्दभमा यही मंसिर २४ गतेदेखि २९ गतेसम्म अमेरिका स्थित रोटरी अफ अफ सनसेट हुनुलुलु तथा अष्ट ज संस्थाका विशेषज्ञहरुले उक्त क्षेत्रमा विभिन्न विषयका ६ वटा कार्यक्रम गर्ने भएका छन् ।

अमेरिकाका १२ जना र अष्ट जका ४ जना गरी १६ जना विदेशी विज्ञहरुले प्राविधिक शिक्षा, कृषि तथा पर्यटनका क्षेत्रमा विभिन्न सेवा दिने भएका हुन् । आधारभुत शिक्षा परियोजना अन्तर्गत उनीहरुले उक्त वडाका २ वटा विद्यालय, कृषि समूह र ग्रामीण पर्यटनका विभिन्न सम्भावना बोकेका स्थान बारे अध्ययन गर्ने र त्यस सम्बन्धी ज्ञान समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक एवम् रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष हरिसिं गुरुङले जानकारी दिए ।

उक्त परियोजना अन्तर्गत उनीहरुले स्थलगत रुपमा योजना निर्माण र कार्यान्वयनका लागि सो क्षेत्रका विद्यालय र समुदायसँग विविध पक्षमा अन्तरक्रिया, अनुभव आदान प्रदान गर्ने पनि बताइएको छ ।

कार्यक्रम अन्तर्गत व्यासका प्राविधिक धारका विषयहरु पढाइ हुने विभिन्न विद्यालयका २० जना शिक्षकहरुलाई दुइ दिने तालिम प्रदान गरिने छ । उक्त तालिम पहिलो दिन जनजुक्त शाही माविमा र दोस्रो दिन उदय माविमा हुने छ । शिक्षकहरुलाई अमेरिकी, अष्ट जका र स्थानीय विज्ञहरुले तालिम प्रदान गर्ने गुरुङले जानकारी दिए ।

त्यस्तैगरी उदय मावि र जनजुक्त शाही माविमा विद्यार्थी, शिक्षक साथै आवश्यक परेको बेला समुदायले समेत प्रयोग गर्न सक्ने गरी प्रयोशाला निर्माण गरिने भएको छ । मोडलको रुपमा उक्त २ वटा विद्यालयमा निर्माण हुने प्रयोशगाला प्रभावकारी देखिए अन्य विद्यालयमा समेत विस्तार गर्न सकिने बताइएको छ ।
प्रयोगशालाको लागि सामग्री प्राप्त भइसकेको छ भने विज्ञहरुको उपस्थितीमा उक्त सामग्रीहरुको नामाकरण गरी तीनको प्रयोगबारे जानकारी गराइनेछ ।

साथै समुदायका कृषकहरुका लागि कृषि विज्ञान साक्षरता कार्यक्रम पनि सञ्चालन हुनेछ । जसमा कृषकहरुलाई माटोको अवस्था, गुण परिक्षण , माटोमा लाग्ने रोग र माटो अनुकुल उत्पादन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ । उक्त तालिम नमुनाका लागि छनोट भएका २ वटा विद्यालय र चुदेरमा गरिनेछ ।
साथै सोही अवसरमा कृषकहरुलाई स्कुलमा भएको प्रविधिको प्रयोग बारे समेत सिकाइने गुरुङले बताए ।

कार्यक्रम अनुसार नमुनाका लागि छानिएका दुबै विद्यालयमा एक–एक दिन कक्षा ९ देखी १२ सम्मका बालबालिकाहरुलाई इङलिस कम्युनिकेसन, आधारभूत कम्युटर तालिम, इ–र्लनिङ, सडक सुरक्षा र शारीरिक व्यायम सम्बन्धी सत्रहरु सञ्चालन गरिनेछ ।

त्यस्तै विज्ञहरुले साँगेफाटका कृषि गतिविधिको अवलोकन गरी उक्त क्षेत्रको सम्भावना र अवसर बारे समेत अध्ययन गर्नेछन् । साथै रोटरीको सहयोगमा चुदेर गाउँमा निर्मित खानेपानी आयोजनाको निरिक्षण, चुदेर र हर्कपुर होमस्टेमा सांस्कृतिक आदनप्रदान समेत गरिनेछ ।

साथै व्यास क्षेत्रको पर्यटन, कृषि, शिक्षा लगायतका विषयमा व्यास नगरपालिका प्रमुख, कृषि ज्ञान केन्द्रका प्रमुख र डिभिजन वन कार्यलयका प्रमुखसँग अन्तरक्रिया समेत गर्ने बताइएको छ ।

हरेक दिन ११ बजेदेखी ३ बजेसम्म विज्ञ टोलीले विभिन्न क्षेत्रमा सेवा दिने छन भने प्रत्येक दिन स्कुलमा कार्यक्रमको समिक्षा र सांस्कृतिक कार्यक्रम पनि हुनेछ । सोही अवसरमा स्कुलले आफनो गतिविधि बारे जानकारी गराउने अवसर समेत प्राप्त गर्नेछ ।

अष्ट ज अवधारणाका जन्मदाता डा. दुर्गादत्त पौडेलको विशेष पहलमा अमेरिकी विज्ञ टोली नेपाल आउन लागेका हुन् । उनीहरुले तनहुँ लगायत अन्य ठाउँमा पनि सेवा गर्ने बताइएको छ । पौडेलले जल, जमिन, जंगल, जडिबुटी, जनशक्ति, जनावर, जराजुरी र जलवायु लगायतको क्षेत्रमा रिसर्च तथा अन्य गतिविधि सञ्चालनको उद्देश्यले अष्ट ज अवधारणलाई निर्माण गरी सोही अनुसार विभिन्न जागरण अभियानहरु सञ्चालन गरेका छन् ।

उनकै पहलमा रोटरीले चुदेरमा १ करोड बराबरको खानेपानी आयोजना सम्पन्न गरी समुदायलाई हस्तान्तरण समेत गरी सकेको छ । साथै चुदेरलाई नमुना बस्तीको रुपमा बिकास गर्न विभिन्न गतिविधि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *