तनहुँ । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल (क्यान) तनहुँको अध्यक्षमा विश्वप्रकाश भुसाल चयन भएका छन् ।

बुधबार सम्पन्न दशौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा सुशीलकुमार श्रेष्ठ, कोषाध्यक्षमा मीनबहादुर कुंवर र सहसचिवमा सीता पाण्डे चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रामप्रसाद भुषाल, उमेश भुषाल, पवन पौडेल, श्रवण श्रेष्ठ चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै क्यान गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेले गरेका थिए । सोही अवसरमा बोल्दै पाण्डेले सूचना र प्रविधिको क्षेत्रमा तीन तहको सरकारसँग मिलेर काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *