
दमौली । तनहुँको व्यास नगरपालिका वड नं ५ मा रहेको भवन संकिर्तन समुहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रम वृद्धवृद्धाको चौतारी बन्दै आएको छ । हाल दिवाकालिन सेवा मात्र दिईरहेको आश्रममा त्यस क्षेत्र वरपरको वृद्धवृद्धा जमघट हुने रमाउने, खेल्ने, खाने गाउने, नाँच्ने स्थलको बनेको छ ।
विशुद्ध रुपमा वृद्धवृद्धालाई आश्रय दिने मनसाय स्वरुप स्थापना गरेको आश्रममा हाल आएर दैनिक ५०औ जना वृद्धवृद्धाहरु जम्मा भएर भजन गाउने, नाँच्ने, बजाउने, खेल्ने गरेका आश्रमका अध्यक्ष विष्णु गौतमले जानकारी दिए ।
‘वृद्धवृद्धाको सम्मान र अभिरुची अनुरुप जीवन बिताउनका लागी हामीले वृद्धवृद्धालाई आश्रममा विभिन्न संगीतका समानहरु मार्फत मनोरन्जन दिने गरेका छौ ।’ अध्यक्ष गौतमले भने ‘वृद्धवृद्धाहरु दैनिक आएर विभिन्न भजन किर्तन गर्ने गाउने, बजाउने गर्नुहुन्छ, हाम्रो उद्येश्य यहि नै हो ।’
उनले अगाडी थपे ‘वृद्ध आमावुवालाई दिउँसोको समान्य खाजाको पनि व्यवस्था गरेका छौ, जसले गर्दा उहाँहरुमा खेल्ने र रमाउने वातावरण बनेको छ ।’
यसैगरि जेष्ट नागरिक आश्रममा विभिन्न व्यक्तित्वहरुले जन्मोत्सवको अवसरमा आएर त्यहाँको वृद्धवृद्धालाई निशुल्क भोजन गराउदै आएको समेत अध्यक्ष गौतमले बताए ।
यु यस ट्रेडिङ विजनेश हाउसको संचालक श्री कृष्ण अधिकारी, मनोज अधिकारी, वडा नं ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमाल, लक्ष्मी राज भट्टले शुभजन्मोत्सवको अवसर पारेर आश्रममा मनाएका थिए भने निजहरुले वृद्धवृद्धाका लागी भोजनको व्यवस्था समेत गरेका थिए ।
आश्रममा वृद्धवृद्धाको मनोरन्जनका लागी दैनिक भजन किर्तन समेत हुने गरेका छ ।