तनहुँ-१ को उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, करिब ५१ प्रतिशत मत खस्यो

Byकिरण श्रेष्ठ

१० बैशाख २०८०, आईतवार १७:१४ १० बैशाख २०८०, आईतवार १७:१४ १० बैशाख २०८०, आईतवार १७:१४

तनहुँ । तनहुँ १ को उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकालले उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनका अनुसार यकिन तथ्यांक प्राप्त भईनसकेको बताए । उनका अनुसार तनहुँ-१ मा ५१ प्रतिशतको हाराहारीमा मतदान भएको छ ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । तनहुँ–१ मा १ लाख २३ हजार ३०५ मतदाता छन् ।

गत मंसिर ४ को निर्वाचनमा यहाँबाट विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन भएको हो ।

यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले लगायत ९ जना उम्मेदवार छन् । नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तत्कालिन तनहुँसुर आधारभूत विद्यालय हाल तनहुँसुर स्वास्थ्य चौकी मतदान केन्द्रबाट मतदान गरे ।

नेकपा एमालेका उम्मेदवार खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनिहरुले मतदान गर्न पाएनन ।

अन्य उम्मेदवारहरुमा राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार लगायत छन् ।

मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका सदरमुकाम दमौली ल्याइनेछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक आयोजना गरेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो पनि :

युवादेखि वृद्धसम्मको साथ हामिलाई छ, चुनाव जित्नेमा ढुक्क छु : स्वर्णिम वाग्ले

तनहुँ-१ मा ३ बजेसम्म ४२ प्रतिशत मत खस्यो, शान्तिपूर्ण रुपमा मतदान हुँदै

तनहुँ-१ : कांग्रेसका उम्मेद्वार गोविन्द भट्टराई भन्छन ‘निर्वाचनको माहोल राम्रो छ, मैले चुनाव जित्छु’

तनहुँ १ मा गोविन्दले हाले आफैलाई भोट: स्वर्णिम र सर्वेन्द्रले मतदान गर्न नपाउने, शान्तिपूर्ण रुपमा मतदान जारी

तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता अनुगमन समितिले सोध्यो स्पष्टीकरण

तनहुँ-१ मा ११ बजेसम्म २१ प्रतिशत मत खस्यो, सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान हुँदै (तस्बिर सहित)

आज तनहुँ-१ मा उपनिर्वाचन : ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *