पोखरीभञ्ज्याङमा पानीको ईनार सफा गर्ने क्रममा ऋषिङका आलेको मृत्यु

Byखवरबाटिका

३१ बैशाख २०८०, आईतवार २०:०४ ३१ बैशाख २०८०, आईतवार २०:०४ ३१ बैशाख २०८०, आईतवार २०:०४

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं १३ पोखरीभञ्ज्याङ स्थित पानीको ईनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । शनिबार पोखरीभञ्ज्याङ स्थित मान बहादुर आलेले संचालन गर्दै आएको सुमन सचिन पोल्ट्री फार्ममा काम गर्ने ऋषिङ गाउँपालिका वडा नं ७ स्थायी घर भएका २७ वर्षीय बिपिन भन्ने छत्र बहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त फार्मको कम्पाउण्डमा रहेको ईनार सफा गर्न भनि डोरीको सहायताबाट ईनार भित्र पसी सफा गर्ने क्रममा अस्सिजनका कमीका कारण ईनार भित्र उनि अचेत भएका थिए ।

जिल्ला प्रहरी कार्यालाय तनहुँबाट प्रहरी निरीक्षक राजकुमार वि.क.को कमाण्डमा अनुसन्धान टोली तथा नेपाली सेनाको उद्दार टोली घटनास्थलमा खटिई ईनार भित्र अचेत अवस्थामा रहेका आलेलाई स्थानिय मानिसहरु समेतको सहयोगमा इनारबाट निकाली उद्दार गरिएको प्रहरीले जनाएको छ ।

आलेलाई उद्धार गरी उपचारको लागि दमौली अस्पताल पुर्‍याउदा शनिबार राती १०:३५ बजेको समयमा चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

शवजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी सदगतको लागि शव आफन्तको जिम्मा दिई र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार वि.क.ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *