व्यास नगरपालिकाले उठायो ११ करोड ८५ लाख राजश्व

Byखवरबाटिका

१२ असार २०८०, मंगलवार १९:३६ १२ असार २०८०, मंगलवार १९:३६ १२ असार २०८०, मंगलवार १९:३६

दमौली । तनहुँको व्यास नगरपालिकाले चालु वर्षको जेठ मसान्त सम्म ११ करोड ८५ लाख ७९ हजार ५३ रुपैया राजश्व संकलन गरेको छ । सबै भन्दा धेरै मादी नदि प्राकृतिक स्रोत साधनबाट राजश्व संकलन भएको छ ।

ढुंगा, गिटी तथा बालुवाबाट १ करोड ६२ लाख राजश्व संकलन गरेको छ भने सम्पत्ती कर बाट ८९ लाख १४ हजार ३ सय ६४, भूमिकर तथा मालपोतबाट ५२ लाख ९८ हजार ५ सय २८,घरवहाल करबाट ८४ लाख ३५ हजार ५ सय ६८, घरभाडा वापत १ करोड ५४ लाख १७ हजार ९ सय ५४ राजश्व संकलन गरेको छ ।
त्यस्तै घरनक्सा पास दस्तुरबाट ८५ लाख ४८ हजार ९ सय ३३,व्यवसायीक करबाट ३४ लाख १२ हजार ४ सय ४६ राजश्व संकलन भएका छ ।

गएको माघ देखि जेठ मसान्त सम्म ६ वटा निकासी केन्द्रको डिपोबाट १ करोड ६२ लाख ५७ हजार ४ सय ८० राजश्व संकलन गरेको राजश्व व्यवस्थापन शाखाका प्रमुख कृष्णराज घिमिरेले जानकारी दिए । उनका अनुसार चापाघाट,कुमालटारी,मादीवेशी,सत्रसय,सेरा बोटेटार र दुलेपानी गरि ६ वटा निकासी केन्द्रबाट उक्त राजश्व संकलन गरिएको हो । ठेक्का नलगाएपछि नगरपालिकाले गएको माघको दोस्रो साता देखि आफै राजश्व संकलन गरेको उनले बताए ।

उनले भने,“ मादी नदी देखि कलेस्ती सम्मको खण्डको ठेक्का लागेको थियो,तर ठेक्का लागेको कम्पनीले सम्झौता गर्न नआएपछि हामी आफैले कर्मचारी खटाएर राजश्व संकलन गरेका थियौं । कलेस्ती देखि शिशाघाट सम्मको खण्डको ठेक्का नै नलागेपछि त्यहाँबाट पनि हामीले कर्मचारी खटाएर राजश्व संकलन गरेयौं । ”

ठेक्का लागेको खण्ड क मा कम्पनी सम्झौता गर्न नआएपछि कम्पनीले धरौटी राखेको रकम ७ लाख ७६ हजार जफत गरिएको घिमिरेले बताए । नगरपालिकाले चापाघाट निकासी केन्द्रको डिपोबाट ८९ लाख ३३ हजार ९ सय,कूमालटारी निकासी केन्द्रबाट ५१ लख ७२ हजार ६ सय ५५, मादीवेशी निकासी केन्द्रबाट १ लाख २४ हजार ९५०,सत्रसय निकासी केन्द्रबाट ५ लाख ९९ हजार २ सय ५०,सेरा बोटेटार निकासी केन्द्रबाट ४ लाख १४ हजार ३ सय ७५ र दुलेपानी निकासी केन्द्रबाट १० लाख १३ हजार ३ सय ५० राजश्व संकलन भएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *