डेंगुको ‘हटस्पट’ दमौली, महामारीको रुप लिने खतरा !

Byखवरबाटिका

८ आश्विन २०८०, सोमबार १७:३४ ८ आश्विन २०८०, सोमबार १७:३४ ८ आश्विन २०८०, सोमबार १७:३४

दमौली । गतवर्ष काठमाडौँ उपत्यकामा प्रकोपको रूप फैलिएको डेंगु संक्रमण हाल तनहुँको दमौलीमा भयावह बन्दै गएको छ । बर्खाको समयमा हरेक वर्ष हुने डेंगु संक्रमण यो वर्ष पनि फैलिएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमणले यो वर्ष पनि महामारीको रूप लिने संकेत गरेको छ ।

तनहुँमा डेंगुबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । तनहुँमा अहिले १ हजार ७८० जना डेंगुबाट संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

जसमा व्यास नगरपालिका भित्रका मात्रै करिब १ हजार ४०० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यता व्यास नगरपालिकाले मंगलबारदेखि दमौली अस्पतालमा ५ जना स्वास्थ्यकर्मी प्रदान गरेर स्वास्थ्य सेवा सहज बनाउने व्यास नगरपालिकाका स्स्वस्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

उनका अनुसार एक जना डाक्टर, २ जना ल्याबका कर्मचारी र जना स्वास्थ्य कर्मचारी दमौली अस्पतालमा मंगलबारदेखि खटिने छन् । यस्तै व्यास नगरपालिकाले वडा वडामा स्वास्थ्य संस्थाका कर्मचारी मार्फत डेंगु सम्बन्धि सचेतना कार्यक्रम गर्ने जनाएको छ ।

ज्वरो आउने, अत्याधिक टाउको र शरीरको मांशपेशी दुख्ने, शरीरमा साना खटिरा आउने, बान्ताहुने, आँखाको गेडी दुख्ने, खानामा अरुचि, ज्वरो आएको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तश्राव हुनु आदि डेंगुका लक्षणहरु हुन् । डेंगु फैलाउने लामखुट्टे बिहान, दिउँसो र साँझपख, बढी संक्रिय हुने भएकाले संक्रमित हुने सम्भावना पनि सोहि समयमा बढी हुन्छ । यस समयमा लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहन चिकित्सकको सुझाव छ ।

एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु सरुवा रोग भएका कारण पनि त्रास बढेको छ । प्रत्येक वर्ष सताउने डेंगु नियन्त्रण गर्ने एक मात्र उपाय भनेको लाभा नष्ट नै हो । जसका लागि सर्वसाधरण मात्र सर्तक बन्ने नभई डेंगु नियन्त्रणवारे सरकारको समेत ध्यानकर्षण हुनु पर्ने विज्ञहरुको सुझाव छ ।

तर, यसमा सरकारसँगै स्थानीय निकाय पनि चुकिरहेको दमौलीको अप्रिय घटनाले देखाएको छ । स्थानीय सरकारले दमौलीबाट पाठ नसिक्ने हो भने डेंगुले भयावह स्थितिको सिर्जना गर्ने चिकित्सकको दावी छ ।

डेंगु सार्ने एडिस एजिप्टाई प्रजातिको लामखुट्टेको मुख्य स्रोत सफा जमेको पानी हो । लामखुट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र घर आँगन सफा राख्ने घर वरपर सवारी साधनका टायर, गमला लगायतका कुरामा मा पानी जम्न नदिने र सफा राख्न चिकित्सकको सुझाव छ ।

यो पनि :

डेङ्गु सङ्क्रमणबाट दमाैलीकी एक बालिकाकाे मृत्यु, दमौली डेंगुको हटस्पट

के हो डेङ्गु ? यसको लक्षण र यसबाट बच्ने उपाय यस्ता छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *