भानुका ५ वर्षीय बालकको डेंगु संक्रमणबाट मृत्यु

Byखवरबाटिका

९ आश्विन २०८०, मंगलवार ०८:०४ ९ आश्विन २०८०, मंगलवार ०८:०४ ९ आश्विन २०८०, मंगलवार ०८:०४

दमौली । डेंगुको संक्रमणबाट भानु नगरपालिकाका एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका-१२ का ५ वर्षीय रोमन अधिकारी रहेका छन् । उनि स्थायी घर भानु भएपनि हाल दमौली नै बस्दै आएका थिए ।

उनको केहि दिन देखि दमौली स्थित रत्नाहरी अस्पतालमा उपचार भईरहेको थियो । उनलाई ज्वारोको लक्षण देखिएको कारण व्यास-४ दमौली स्थित रत्नहरी मेमोरियल हस्पिटलमा उपचार गराउदा डेङ्गु पोजेटिभ देखाएको थियो ।

२ दिन रत्नहरीमा उपचार गराउदा अधिकारीलाई एक्कासी जटिल समस्या भएपछि बेहोसी अबस्थामै दमौलीबाट एम्बुलेन्समा तत्काल पोखरा स्थित गण्डकी हस्पिटलमा भर्ना गराइ २ दिन देखि भेन्टिलेटरमा राखेर उपचार गराइएका थियौ ।

तर उनको सोमबार मृत्यु भएको छ । सोमबार नै व्यास-२ दमौली निवासी एक बालिकाको पनि डेंगु कै कारण मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *