चितुवाको आक्रमणबाट आँबुखैरेनीको बरादीमा ६ वर्षिया बालिका घाईते

Byखवरबाटिका

२७ आश्विन २०८०, शनिबार २१:०५ २७ आश्विन २०८०, शनिबार २१:०५ २७ आश्विन २०८०, शनिबार २१:०५

आँबुखैरेनी । चितुवाको आक्रमणबाट आँबुखैरेनीको बरादीमा एक बालिका घाईते भएकी छिन । शनिबार बेलुकी ७:४५ बजेको समयमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ बरादीमा प्रेमराज गौलीको छोरी ६ वर्षिया प्रनिशा गौलीलाई चितुवाले आक्रमण गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरी घर देखि अन्दाजी १० मिटर पर लगेको अवस्थामा उनकै बुबाले थाहा पाई तत्काल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सत्रसय तनहुँमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *