तनहुँको देउरालीमा बस दुर्घटना हुँदा ३० जना भन्दाबढी घाइते

Byखवरबाटिका

१८ कार्तिक २०८०, शनिबार ०७:२३ १८ कार्तिक २०८०, शनिबार ०७:२३ १८ कार्तिक २०८०, शनिबार ०७:२३

दमौली । तनहुँको शनिबार बिहानै बस दुर्घटना भएको छ । जिल्लाको व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी ३० जना भन्दाबढी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाणले जानकारी दिए ।

कटारीबाट पोखरा तर्फ जादै गरेको बस देउरालीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका यात्रुलाई दमौली अस्पताल, रत्नहरी अस्पताल र डुम्रेको लक्ष्मी सिटि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

तस्बिर : प्रवेश ठकुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *