तनहुँ । तनहुँमा ट्याक्टरबाट खसेर सोमबार बिहान ७ः४० बजे एक पुरुषको मृत्यु भएको छ ।
भिमाद नगरपालिका– ६ का जलौदीका ३३ वर्षिय मीनबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिमाद–६ स्थित जनज्योति माध्यमिक विद्यालयबाट भिमाद बसपार्क जाँदै गरेको ग १ त ४४४६ न को ट्याक्टरमा सवार सार्की ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
ट्याक्टरबाट एक्कासि खसेर गई गम्भीर घाइते भएकोले सार्कीलाई तत्काल उपचारको लागी शुक्लागण्डकी नगरपालिको बेलचौतारास्थित गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पठाएकोमा ८ः२५ बजे उपचारको क्रममा मृत्यु भएको प्रनाउ खाँणले बताए ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।