दमौलीमा नेवार समुदायले हर्षोल्लासका साथ मनाए नयाँ वर्ष ‘नेपाल संवत् ११४४’

Byखवरबाटिका

२८ कार्तिक २०८०, मंगलवार २१:१५ २८ कार्तिक २०८०, मंगलवार २१:१५ २८ कार्तिक २०८०, मंगलवार २१:१५

दमौली । आजदेखि नेपाल संवत् ११४४ सुरु भएको छ । देशभर विविध कार्यक्रम आयोजना गरेर नेपाल संवतको नयाँ वर्ष मनाइएको छ ।

खासगरी नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । मंगलबार दमौली संगै जिल्लाभर नै हर्षउल्लासका साथ नेवार समुदायले नयाँ वर्ष मनाएका छन् ।

तनहुँको दमौली, जामुने, थर्पु आँबुखैरेनी लगाएतका स्थानमा नेपाल संवत ११४४ को अवसरमा झाँकीसहित कार्यक्रमम गरी मनाइएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिकक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा अझै छ ।

मंगलबारदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *