पोखराको मणिपाल अस्पतालबाट बेपत्ता भएका तनहुँका मिश्र सेती नदीमा मृत फेला

Byखवरबाटिका

२८ मंसिर २०८०, बिहीबार १९:५० २८ मंसिर २०८०, बिहीबार १९:५० २८ मंसिर २०८०, बिहीबार १९:५०

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बेला बेपत्ता भएका तनहुँ घर भइ पोखरा बस्ने १९ वर्षीय संगम मिश्र सेती नदीमा मृत फेला परेका छन् ।

पोखरा महानगरपालिका सेती नदीको बाँध खोलेर नदीमा पानीको बहाब बढेपछि खोजी गर्दा वडा नम्बर ३ स्थित नदीपुरस्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला परेको हो ।

उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँका मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएका बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएका थिए ।

खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलेर नदीमा पानीको बहाब बढाई खोजी गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *