तनहुँको शेराटारमा पर्यटक बस दुर्घटना हुँदा ६ चिनिया नागरिक घाइते (नामावली सहित)

Byखवरबाटिका

१० चैत्र २०८०, शनिबार १०:४७ १० चैत्र २०८०, शनिबार १०:४७ १० चैत्र २०८०, शनिबार १०:४७

दमौली । तनहुँको शेराटारमा पर्यटक बस दुर्घटना भएको छ । सो दुर्घटनामा परी ६ जना चिनिया नागरिक घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा चिनिया नागरिक वर्ष ६८ को Xucheng, वर्ष ६७ को Cao meng, वर्ष ५० की Sun li, वर्ष ७० को Lio ya Xing, वर्ष ६२ को Wang Wei Dong र वर्ष ५७ की Huoxiao Li रहेका छन् ।

शनिबार बिहान तनहुँको म्याग्दे गाउँपालिका वडा नं ६ शेराटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा पोखराबाट काठमाण्डौ तर्फ जान आउदै गरेको बा १ प ११३९ नं। को पर्यटक बस सडकको दाया साईडमा पल्टिन गई दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार २६ जना यात्रुहरु मध्ये ६ जना घाईते चिनिया नागरिकहरुको जी.पि. कोईराला श्वासप्रस्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

चालक प्रहरीको नियन्त्रणमा रहेको र उक्त घटना सम्बधमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *