रोट्रयाक्ट डिस्टिकद्वारा प्रशिक्षकलाई २ दिने प्रशिक्षण

Byखवरबाटिका

२८ फाल्गुन २०८०, सोमबार १५:१९ २८ फाल्गुन २०८०, सोमबार १५:१९ २८ फाल्गुन २०८०, सोमबार १५:१९

धुलिखेल । रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा धुलिखेलमा दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ का लागि देशैभर रहेका सम्पुर्ण  रोट्रयाक्ट क्लबहरुका पदाधिकारी एवं सदस्यहरुलाइ रोट्रयाक्ट सम्बन्धि विभिन्न तालीमहरु प्रदान गर्ने उदेश्यले  प्रशिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।

फागुन २५ र २६ गते धुलिखेल स्थित माउन्ट प्रिन्सेस होटेलमा भएको तालिममा प्रशिक्षकहरुलाई विभिन्न विषय वस्तुमा केन्द्रित रहेर सैद्धान्तिक, व्यवहारिक एवं समुहहरु निर्माण गरि प्रयोगात्मक सिकाइ पद्धति र खेल सिकाइ पद्धति समेत अबलम्बन गरि तालिम प्रदान गरिएको थियो भने तालिममा सहभागीहरुलाई  विभिन्न विधाहरुमा मूल्याकंन गरि उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो ।

सो अवसरमा रोट्रयाक्ट डिस्टिक ३२९२ का  डिआरआर रोशन कुमार कार्की, प्रशिक्षक नानिकाजी खड्का, प्रदिप धिताल, २०२४/२५ का लागि इलेक्ट डिआरआर दिनेश गैरे लगायतले फरक फरक शिर्षकमा तालिम प्रदान गरेका थिए ।

आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ लाई फरक एवं प्रभावकारी ढंगले अगाडि बढाउने  र प्रशिक्षकहरुको भुमिकालाई पनि प्रभावकारी बनाउने उदेश्यले अहिले नै देशभर बाट ४६ जना  प्रशिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न गरिएको वर्ष २०२४/२५ का डिआरआर विक्रम क्षेत्रिले बताए ।

तालिम कार्यक्रमको सहजीकरण गरेको वर्ष २०२४ /२५ का लागि रोट्रयाक्ट डिस्टिक तालिम निर्देशक अनुषा घिमिरे नेपाल लगायतले गरेको २४/२५ का रोट्रयाक्ट डिस्टिक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *