गण्डकी सरकारले तनहुँ र नवलपुरमा प्रदेशस्तरीय क्रिकेट रङ्गशाला बनाउने

Byखवरबाटिका

२१ चैत्र २०८०, बुधबार १४:०५ २१ चैत्र २०८०, बुधबार १४:०५ २१ चैत्र २०८०, बुधबार १४:०५

तनहुँ। गण्डकी सरकारले २ वटा जिल्लामा प्रदेश स्तरीय क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ । चैत ९ गते बसेको मन्त्रीपरिषद् बैठकले नवलपुर र तनहुँमा क्रिकेट रङ्गशाला बनाउने निर्णय गरेको छ ।

तनहुँको शुक्लागण्डकी ८ गाउँफर्क उदय माविको खेल मैदान र नवलपुरको कावासोती २ नवदुर्गा खेल मैदानलाई सुविधा सम्पन्न बनाउन लागिएको हो ।

प्रदेश खेलकुद परिषद्ले प्रदेश स्तरको २ वटा र अन्तर्राष्ट्रिय स्तरको एउटा खेलमैदान बनाउन विभिन्न जग्गाहरू सिफारिस गरेको छ ।

सदस्य सचिव श्रीधर शर्माका अनुसार पहिलो चरणमा सरकारले प्रदेश स्तरको रङ्गशाला बनाउन निर्णय गरिसकेको छ ।

क्रिकेट मैदान निर्माणका लागि यो वर्ष ४० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकमबाट काम अघि बढाइने शर्माको भनाई छ ।

शुक्लागण्डकीको खेलमैदानमा रहेको १७३ रोपनी जग्गा समेत स्वीकृति प्राप्त भईसकेको छ । कावासोतीमा नगरपालिकाले २ सय रोपनी जग्गा रङ्गशालाका लागि स्वीकृति दिएको उनले जानकारी दिए । परिषद्ले कार्यकारी सदस्य ऋषिराम गौतमको संयोजकत्वमा सम्भाव्यता अध्ययन टोली गठन गरेको थियो ।

यस्तै, अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउन पनि ठाउँ सिफारिस गरिएको छ । पोखरा महानगरपालिका १४ भेडीफर्ममा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउन सकिने सिफारिस गरेको हो ।

उक्त जग्गाको निर्णय सरकारबाट नभएकोले अहिले प्रक्रिया अघि नबढेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । -रातोपाटीबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed