दमौली । घरायसी कुरामा विवाद हुँदा दाउ प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउसो ४ बजे समयमा तनहुँको व्यास नगरपालिका वडा नं.५ सेरा चापटार स्थितमा आफ्नै श्रीमतीको हत्या आरोपमा गोरखाको पालुङटार नगरपालिका वडा नं. ८ दुवार स्थायी घर भई हाल व्यास नगरपालिका वडा नं. ५ सेरा चापटार बस्ने वर्ष ३५ को जित बहादुर कुमाललाई पक्राउ गरेको हो ।

कुमाल र श्रीमती वर्ष ३६ की सुन माया कुमाल बिच घरायसी कुरामा बिवाद हुँदा जित बहादुर कुमाले घरमा रहेको धारिलो हतियार दाउले श्रीमती सुन माया कुमाललाई पटक पटक प्रहार गर्दा शरीरको विभिन्न भागमा गहिरो चोट लागी घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुमाल भाग्ने प्रयास गरिरहेको अवस्थामा घटनास्थल नजिकबाटै जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई उनि बिरुद्ध ज्यान सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed