भोलि ईद उल फित्र, सरकारले दियो सार्वजनिक बिदा

Byखवरबाटिका

२८ चैत्र २०८०, बुधबार १३:४० २८ चैत्र २०८०, बुधबार १३:४० २८ चैत्र २०८०, बुधबार १३:४०

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो।

ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ ।

ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed